३१ जेष्ठ २०८१, बिहिबार
३१ जेष्ठ २०८१, बिहिबार

कार्यालय सहयोगी राख्न कांग्रेसले गर्यो लिखित निर्णय

दार्चुला : दार्चुलाको एक गाउँपालिकामा कार्यालय सहयोगी भर्ना गर्न नेपाली काँग्रेसले वडा समितिकै निर्णय गरेको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–३ मा कार्यालय सहयोगी भर्ना गर्न वडा समितिले लिखित निर्णय गरेको खुल्नमा आएको छ ।

कांग्रेसका वडा सभापति तारा कार्कीको अध्यक्षतामा साउन २१ गते बसेको बैठकले आफ्नो पार्टीको कर्मचारी राख्नुपर्ने निर्णय गरेको हो । ‘अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय सहयोगीमा नेपाली काँग्रेसको तर्फबाट हुनुपर्छ भन्ने निर्णय सर्वसम्मतबाट पारित गरियो,’ निर्णयमा भनिएको छ।

गठबन्धनको सरकार रहेको अपिहिमाल गाउँपालिकामा यसअघि पनि कर्मचारी भर्नामा भागवण्डा गरिएको थियो। तर, अहिले भने काँग्रेसले लिखित रूपमै पार्टीको निर्णय गरेर आफ्नो कर्मचारी हुनुपर्छ भन्ने उल्लेख गरेको छ। अपिहिमालमा नेकपा माओवादी केन्द्रबाट भगतसिंह ठेकरे अध्यक्ष र काँग्रेसका देवकी बोहरा उपाध्यक्ष छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?