एमालेका पूर्वमेयर चिट चोर , परीक्षाबाट निष्कासित

कैलाली : नेकपा एमालेबाट निर्चाचित कैलालीको गौरीगंगा नगरपालिका पूर्वमेयर भीम देउवा स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परीक्षा हलबाट निकालिएका छन् ।

आजदेखि सुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोर्दाचोर्दै पूर्वमेयर देउवा समातिएका थिए । त्यसपछि उनको परीक्षासमेत रद्द गरिएको छ ।

एमालेबाट मेयरमा निर्वाचित भएका देउवा खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो । जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरीरहेको अवस्थामा उनी समातिएको बताइएको छ ।

परीक्षा सुरु भएको १ घण्टा नहुँदै चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ । भोलिदेखि भने उनले परीक्षा दिन पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?