अदालतको आदेश पछि शर्मा रिहा , एकै कसुरमा कसरी दियो छुट्टै आदेश ?

एउटै कसूरमा पक्राउ परेका सांसदलाई र अन्य चिकित्सकलाई काठमाण्डौं जिल्ला अदालतले फरक फरक आदेश दिएको छ । शुक्रबार साँझ जिल्ला अदालतले सांसदलाई थुनामुक्त गरेर अनुसन्धान गर्न र अरु चिकित्सकलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दियो ।

नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा पक्राउ परेका सात जना चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीहरू मध्ये एक थिए कांग्रेस सांसद सुनिल शर्मा । अरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भने पनि जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दण्डपाणि शर्माको इजलासले नेपाली कांग्रेसका सांसद शर्मालाई थुनामुक्त गर्न भन्यो । उनलाई तारेखमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।

शर्मा सहित चिकित्सकहरुको प्रमाणपत्र नक्कली भएको आरोपमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । शर्मा हिजो साँझ नै रिहाई अदालतको आदेश पछि रिहा भइसकेका छन् । सीआईबीले शर्मालाई साउन २५ गते काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो।

रिहापछि शर्माले दिए केपी ओलीलाई धन्यवाद , गृहमन्त्रीको मागे राजीनामा :

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका हुन् । थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि राजीनामा मागेका छन् ।

उनले प्रधानमन्त्री पुष्कमल दाहालको भूमिकालाई लिएर पनि आलोचना गरेका छन् । उनले भने,‘त्यति सारो बैगुनी पनि हुनु हुँदैन । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ जंगलमा हुनुहुन्थ्यो । पहिलो वार्ता गराउने मान्छे हामी हो । हामीले लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो ।’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एक सेकेण्ड पनि पदमा बस्ने अधिकार नभएको भन्दै राजीनामा मागे । उनले गृहमन्त्रीलाई नहटाए अहिलेको सरकार ढल्ने पनि चेतावनी दिएका छन् । उनले भने,‘यस्तो आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैन । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ ।’

शर्मा माओवादी केन्द्रसँग नै आक्रोशित बने । उनले कांग्रेसले माओवादीसँगको गठबन्धन नै तोड्नुपर्ने धारणा राखे । आफूले अब त्यसको लागि पहल गर्ने उनको संकेत थियो । उनले भने,‘यसरी नै गृहमन्त्रीले एक बाइ एक गरेर हाम्रा नेतालाई धुलो चटाउँदै जाने र हाम्रो पार्टी अलाइन्स गरिरहने हो भने पार्टी सकिन्छ । तत्काल पुनर्विचार गर्नुपर्छ ।’

उनले आफूलाई रिहा गर्नको लागि एमालेले खेलेको भूमिकाको भने प्रशंसा गरे । उनले नेताहरु शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावादको नारासमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?