किन भयो त डिएसपी चन्द्रेश्वर यादवमाथि कुटपिट ?

काठमाडौंy । अर्कैको श्रीमती संग भेटिए पछी डिएसपी चन्द्रेश्वर यादवमाथि कुटपिट भएको छ । काण्ड बाहिर आयो । जनकपुरस्थित गणमा कार्यरत यादव महोत्तरीको जलेश्वरस्थित एक महिला संग रंगेहात भेटिँदा ति महिलाका श्रीमानले कुटपिट गरेका हुन् ।

ती महिलासँग उनको पुरानो सम्बन्ध थियो । महिलाका श्रीमान विदेशमा बस्ने भएकाले उनी बारम्बार त्यहाँ जाने गरेको खुल्नमा आएको छ ।

अफ कमाण्डमा चल्ने प्रहरी संगठनका कतिपय कर्मचारी पनि पटक–पटक महिलाकाण्डमा फस्दै आएका छन् । गत साता डिएसपी चन्द्रेश्वर यादवको काण्ड बाहिरिएको छ ।हालै श्रीमान नेपाल आएका थिए । घरमा डिएसपी यादवलाई श्रीमतीसँग भेटेपछि ती व्यक्तिले कुटेका हुन् । हारगुहार गरेर उनले ज्यान जोगाएका थिए । घटनामा उनको हड्डी नै टुटेको छ ।

काठमाडौंस्थित प्रहरी अस्पतालमा उनी उपचार गराउँदै आएका छन् । घटनाको विषयमा मधेस प्रदेश प्रहरी कार्यालयले एसपी महेन्द्र श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।

६ महिना जागिर बाँकी रहेका डिएसपी यादवलाई विभागीय कारबाहीले त असर नगर्ला तर यो घटनाले उनको मात्र होइन सिंगो प्रहरी संगठनकै छवि धुमिल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?