७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

तस्करी भएको सय किलो सुन प्रकरणमा प्रधानमन्त्री कार्यालय सिंहदवारमा सर्वव्यापी छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सिआईबी प्रमुख किरण बज्राचार्यबीच बिहीबार व्यापक छलफल भएको छ । तस्करी भएको सय किलो सुन प्रकरणमा प्रधानमन्त्री कार्यालय सिंहदवारमा सर्वव्यापी छलफल भएको हो ।

संवैधानिक परिषद्को बैठक चलिरहेका बेला गृहमन्त्री श्रेष्ठले आईजीपी कुँवर र सिआईबी प्रमुख बज्राचार्यले प्रधानमन्त्री कार्यालय डाकेका थिए। सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने मनसायसहित गृहमन्त्री श्रेष्ठले उनीहरूलाई डाकेका थिए।

बैठकको सुरुवातमै गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहाललाई सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिन आग्रह गरेका गर्दै उनले सिआईबी प्रमुख बज्राचार्यलाई सो प्रकरणको अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने माग गरेका थिए।

‘सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिनुपर्‍यो। सिआईबीको टोलीले यस प्रकरणको तार्किक निष्कर्षमा पुर्‍याउँछ,’गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहाललाई भनेका थिए। गृहमन्त्री श्रेष्ठको प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेको उच्च स्रोतको भनाइ छ।

‘सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको छ। राजस्व अनुसन्धान विभागले पनि यो प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याउँछ। बरु आवश्यक परे प्रहरीको सहयोग पनि लिन्छौं,’प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले अन्नपूर्णसँग भन्यो ।

प्रधानमन्त्रीको जवाफपछि गृहमन्त्री श्रेष्ठले असन्तुष्टि जनाएका थिए। उच्च स्रोतका अनुसार उनीहरूबीच केहीबेर सवाल जवाफसमेत भएको थियो।’अनुसन्धानको कुरालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच सवाल जवाफ भयो। प्रहरीलाई अनुसन्धान जिम्मा नदिने भनिएपछि गृहमन्त्रीले चर्को असन्तुष्टि जनाउनुभयो,’स्रोतले भन्यो। केहीबेरको भनाभनपछि गृहमन्त्री श्रेष्ठले असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको ती स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?