साथीको हत्या गर्ने पाँच जना कारागार चलान

भोजपुर । साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । भोजपुरमा माछा मार्न गएको बेला सँगै गएको साथीलाई मरेको भनी जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो ।

भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं. १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको छ भने उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ ।

उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । मंगलबार भएको थुनछेक आदेशअनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए ।

विसं २०८० असार २२ गते भोजपुर–१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सातजना वडा नं. ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए । ६ जना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर–१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए । प्रधानका बुबा देवीप्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?