कान्ति बाल अस्पताललाई सर्वोच्चको यस्तो आदेश

काठमाडौँ । सर्वोच्चल अदालतले कान्तिप बाल अस्पताल लाई 30 लाख रुपैयाँ क्षति पुर्ति आदेश दिएको छ ।

चिकित्सकको लापरबाहीका कारण आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई आदेश गरेको हो ।

उच्च अदालतले १५ लाख रूपैयाँ दिने निर्णय सदर गरेको थियो । त्यसपछि सर्वोच्चमा मुद्दा दोहोऱ्याई पाऊँ भन्दै निवेदन दर्ता भएको थियो । सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै ३० लाख रूपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको हो । यो समाचार नागरिक दैनिकमा छ ।

न्यायाधीश हरिप्रसाद फुंयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ माघ २५ गते गरेको फैसलाको पूर्णपाठ हालै आएको हो । कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीका कारण ८ महिनाको बालकको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि भएको थियो ।

त्यसपछि बच्चाका बुवालाई जिल्ला प्रशासन कार्यालयले १५ लाख रूपैयाँ दिने निर्णय गरेको थियो । त्यसमा चित्त नबुझेपछि बच्चाका बुबाले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?