२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

एसपी महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप

काठमाडौं । बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ । गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो ।

गणमा कार्यरत १ जना जुनियर अधिकृतका अनुसार शनिबार बिहान सबैका सामुन्ने एसपी खड्काले जवानद्वयलाई कुटपिट गरेका हुन्।

एसपी खड्काले भने प्रहरी जवान भण्डारी र अधिकारीलाई कुटपिट गरेको नभइ सचेत गराएको दाबी गरेका छन्। ‘कुटपिट गरेको होइन। सचेत गराइएको हो,’एसपी खड्काले भने।

गण स्रोतका अनुसार प्रहरी जवान भण्डारी र जवान अधिकारी शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परेका थिए। दुवै जनाले मदिरा सेवन गरेर जानजान मोटरसाइकल दुर्घटना गराएको भन्दै एसपीले कुटपिट गरेको गणका एकजना जुनियर अधिकृतले जानकारी दिए।

‘उनीहरु (जवान भण्डारी र अधिकारी) शुक्रबार राति साथीको जन्मदिनको पार्टीमा जाने भनेर गएका थिए। फर्किँदा मोटरसाइकल दुर्घटनामा परेछ। सोही विषयलाई लिएर एसपी सापले आज (शनिबार) बिहान दुवै जनालाई कुटपिट गरेका हुन्। जुनियर अधिकृतले भने।

एसपी खड्काको कुटपिटबाट जवान भण्डारीको कानमा चोट लागेको बताइएको छ। अहिले दुवै जनालाई आफूले अस्पताल पठाउने व्यवस्था गरेको एसपी खड्काको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?