५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

कैलालीमा अवैध रूपमा क्लिनिक सञ्चालन गर्ने चार जना पक्राउ

कैलाली । अवैध रूपमा क्लिनिक सञ्चालन गरेका चार जना पक्राउ परेका छन् ।

बिहीबार सुदुर पश्चिम प्रदेशकाे सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयकाे संयुक्त टाेलीले धनगढी उपमहानगरपालिका-२ र ३ बाट अवैधरूपमा मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी ,वडा नम्बर ३ मै सञ्चालन गरिएकाे फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र वडा नम्बर २ मा रहेकाे रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठलाई पनि पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले बताए ।

उनीहरूले प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?