काठमाडौं। इलाका प्रहरी इञ्चार्ज मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय भीमगिठे,बागलुङका प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटल एण्ड खाजा घरमा मृत भेटिएको हो । गए राति २ बजे उनी मृत अवस्थामा भेटिएका हुन्।
अहिले घटनास्थल प्रहरीले सिल गरेको छ। खाजा घरका सञ्चालक आशा कुँवर र उनका छोरालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोली पुगेपछि अनुसन्धान अगाडि बढ्ने जनाइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय भीमगिठेदेखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ।