८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

चन्द्रागिरीको प्रभात माविमा सिटिइभिटीका विषयहरू पढाई हुँदै

काठमाण्डौं , साउन ०३ : काठमाण्डौको चन्द्रागिरी नगरपालिका ०७ को महादेवस्थान स्थित प्रभात माध्यामिक विद्यालयमा सिटिइभिटीका विषयहरू सञ्चालन हुने भएका छन । विद्यालयमा तीन बर्से डिप्लोमा इन एग्रीकल्चर प्लान्ट साइन्सर र डिप्लोमा इन एग्रीकल्चर एनिमल साइन्स पठाईका लागि भर्ना खुलेको विद्यालयले जनाएको छ ।

सिटिइभिटी बाट सम्बन्धन प्राप्त उक्त विद्यालयले पहिलो पटक सुरु गरेको सो विषयहरूका लागि आवेदन फाराम भर्ने मिति यही श्रावण १२ गते सम्म रहेको छ भने प्रवेश परीक्षा २४ गते हुने विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद रूपाखेतीले बताए ।

प्रभात मावि चन्द्रागिरी नगरपालिकाको सिटिइभिटी विषयहरू पढाउने पहिलो सामुदायिक विद्यालय रहेको छ । विद्यार्थीहरुलाई व्यावहारिक,प्रयोगात्मक र व्यवसायिक शिक्षा संग जोड्ने उदेश्य सहित प्राविधिक विषयहरू सञ्चालनमा ल्याएको विद्यालयको भनाइ छ । न्यूनतम शुल्क ,प्रयोगात्मक प्रयोगशाला , यातायात सेवा लगायत सुविधा भएको उक्त विद्यालय आम विद्यार्थीको प्राविधिक शिक्षा अध्ययनको एउटा गन्तव्य हुन सक्छ ।

थप जानकारीको लागि विद्यालयसँग सम्पर्क गर्न सक्नु हुन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?