काठमाण्डौं : एसईई (कक्षा १०) को नतिजा सार्वजनिक भएसँगै अहिले विद्यार्थीहरू माध्यामिक शिक्षा अध्ययनका लागि कलेजहरुमा भर्ना हुने क्रम जारी छ । विद्यार्थीहरुलाई कुन विषय पढ्ने , कुन कलेज पढ्ने जस्ता विभिन्न अन्योलता यो समयमा स्वाभाविक रूपमा देखिन्छन । विद्यार्थीको प्लस टू को शिक्षाको आधारले नै उच्च शिक्षा अध्ययनको र विद्यार्थीको भविष्य तय गर्ने भएर पनि होला एस.इ.इ पछिको कुन विषय पढ्ने भन्ने रोजाइ जीवन्त महत्वको विषय बन्न जान्छ ।
एस.ई.ई पास गरेर कुन शैक्षिक संस्थामा पढ्ने भनेर सोचिरहेका विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा दिरहेको “सेन्ट लरेन्स कलेज ” गन्तव्य वन्न सक्छ ।
भर्खरै मात्र देशभरको नवौं उत्कृष्ठ कलेजको सूचीमा परेको उक्त कलेज काठमाडौँकाे चावहिल पिपलबोट नजिक रहेको राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक जगतमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल सेन्ट लरेन्स कलेज आम विद्यार्थीको शैक्षिक गन्तव्यको पहिलो केन्द्र बनिरहेको छ । सन् १९९७ मा स्थापना भएको सेन्ट लरेन्स कलेजले आफ्नो २६ औँ वर्ष पार गरेर आउँदा सम्म शिक्षामा ठूलो योगदान दिएको छ । विगत देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजमा यस वर्ष पनि विद्यार्थीको भर्ना हुने चाप बढ्दो छ । कलेज प्रतिको विद्यार्थीको बढ्दो लगाव हुनुका पछाडि पनि यस कलेजका आफ्नै विशेषता छन । नतिजा प्रकाशित भएसँगै सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा धमाधम भर्ना भईरहेको छ । भर्ना हुने विद्यार्थीको चाप बढे सँगै कलेज प्रशासनलाई भ्याई नभ्याई छ आजभोली । विद्यार्थीहरुलाई सिपमुलक , प्रयोगात्मक र व्यावहारिक ज्ञान सहितको शिक्षा प्रदान गरिरहेको यस कलेजले थुप्रै विद्यार्थीलाई उत्कृष्ट सफलता हासिल गराई सकेको छ । ‘तपाईंको सफलता – हाम्रो प्रतिबद्धता भन्ने नारासहित अघि बढेको यो कलेजले नारा जस्तै सेवा पनि प्रदान गरेको त्यहाँ अध्ययनरत विद्यार्थीहरुको अनुभव छ ।
कलेजमा अध्यापन गराइने विषयहरू :
कलेजले साइन स्ट्रिममा कक्षा ११ का लागि अंग्रेजी, फिजिक्स, केमेस्ट्रि, बेसिक म्याथम्याटिक, बायोलोजी वा कम्प्युटर र कक्षा १२ का लागि अंग्रेजी, नेपाली, फिजिक्स, केमेस्ट्री, बायोलोजी वा कम्प्युटर साइन्स वा बेसिक म्याथम्याटिक अध्ययन गराउँदै आएको छ ।
यसरी नै म्यानेजमेन्ट फ्याकल्टीमा कक्षा ११ मा अनिवार्य विषयका रूपमा अंग्रेजी, नेपाली र एकाउन्टेन्सी रहेका छन् । यसमा अप्सनल पहिलोतर्फ इकोनोमिक र ट्राभल टुरिजममध्ये कुनै एक विषय छान्नुपर्नेछ । अप्सनल दोस्रोमा बेसिक म्याथम्याटिक, बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समध्ये कुनै दुई छनोट गर्नुपर्ने हुन्छ । यसरी नै म्यानेजमेन्टको दोस्रो वर्षका लागि अंग्रेजी, बिजनेस म्याथम्याटिक वा मार्केटिङ र एकाउन्टेन्सी अनिवार्य गरिएको छ । यसरी नै पहलो अप्सनलमा इकोनोमिक र ट्राभल र टुरिजममध्ये एक छनोट गर्नुपर्ने व्यवस्था गरेको छ । अप्सनल दोस्रोमा बेसिक म्याथम्याटिक, बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समध्ये कुनै दुई छनोट पर्नुपर्ने हुन्छ ।
यसरी नै मानविकी (ह्युम्यानिटिज) मा कक्षा ११ मा अंग्रेजी, नेपाली, सोसियोलोजी, मास कम्युनिकेसन र अप्सनल अंग्रेजी रहेको छ । कक्षा १२ का लागि अंग्रेजी, कन्टेम्पोररी सोसाइटी, सोसियोलोजी, मास कम्युनिकेसन र अप्सनल अंग्रेजी रहेका छन । यसैगरी यो वर्षबाट स्नातक तहमा बिसिए, बिएसडब्लू र बिबिएसका कार्यक्रमसमेत समावेश गरेको छ । त्यसै गरी प्लस टू मा कानुन संकाय अन्तर्गत विषयहरू पनि पठन पाठन हुन्छन । यसरी मास्टर तहमा एमबिएचका कार्यक्रमसमेत सुरु गरेको छ।
देशैभरको नवौं उत्कृष्ठ स्थानमा सेन्ट लरेन्स कलेज :
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हासिल गरेको उपलब्धि, राम्रो ‘प्लस टु’ बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको ‘प्लेसमेन्ट’, अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डका आधारमा गरिएको एक स्वतन्त्र सर्वेक्षणले सेन्ट लरेन्स कलेजलाई देशैभरको नवौं उत्कृष्ठ कलेजको स्थानमा निकालेको थियो ।
यस्ता छन् कलेजका सेवा सुविधाहरु ?
अनुशासित र उत्कृष्ट शैक्षिक वातावरण, शैक्षिक सँगै अतिरिक्त पाठ्यक्रममा पनि जोड, हरेक परीक्षामा उत्कृष्ट नतिजा, विश्वस्तरीय भौतिक पूर्वाधार, यातायात सहित पुस्तकालय, ल्याब, होस्टेल, सफा र स्वच्छ क्यान्टिनको सुविधा, उपयुक्त शुल्क र छात्रवृत्तिको व्यवस्था आदि सेन्ट लरेन्सका विशेषताहरू हुन्। त्यस्तै आफ्ना विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नु सेन्ट लरेन्सको अर्को प्रमुख विशेषता हो।
वर्तमान आधुनिक विश्व संग प्रतिस्पर्धी विद्यार्थी उत्पादन गरिरहेको यो कलेजले विद्यार्थीको पढाइ सँगै अतिरिक्त क्रियाकलाप र अन्य बाह्य क्षेत्रसंग पनि समावेश गराउने गरेको छ । गुणस्तरीय, व्यावसायिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नुलाई आफ्नो मिसन बनेको यो कलेजले विश्व बजारमा बिक्न सक्ने प्रतिस्पर्धी नागरिक उत्पादन गर्नुलाई आफ्नो भिजन बनाएको छ। उक्त मिसन, भिजन पुरा गर्नका लागि कलेजले आफ्नै किसिमका केही पद्धतिहरूको विकास गरेको छ। खासगरी अनुसन्धानमा आधारित सिकाई, विषय विशेषज्ञहरू द्वारा अतिथि कक्षा, दक्ष तथा अनुभवी प्राध्यापकहरू, उत्कृष्ट नतिजा, अतिरिक्त क्रियाकलाप, सहभागितामूलक तथा प्रतिस्पर्धात्मक विधि, इन्टरनेटमा आधारित सिकाई प्रणाली, नियमित परियोजना कार्य र वर्कसप, करियर बारे परामर्श, शैक्षिक भ्रमण र विज्ञान तथा आइटी मेला आदिले सेट लरेन्सको उद्देश्य पुरा गर्न सघाउँछन् ।
पठनपाठन सँगै अतिरिक्त क्रियाकलापमा सेन्ट लरेन्स कलेज :
कलेज भित्र निर्माण गरिने विभिन्न क्लबहरूले विद्यार्थीको शिक्षण सँगै अन्य क्षमता विकासमा सहयोग गर्छन्। सेन्ट लरेन्समा अध्ययन गर्ने विद्यार्थीले खेलकुद क्लब, साहित्य क्लब, सांस्कृतिक क्लब, विज्ञान र आइटी क्लब, कला र सिर्जनात्मक क्लब, सामाजिक क्लब, सेन्ट लरेन्स एमयुएन (मोडल युनाइटेड नेसन्स) , लिओ क्लब, ग्रिन आर्मी, स्काउट र उद्घोषण क्लब आदिमा आफ्नो रुचि र क्षमता अनुसार भाग लिन पाउँछन्।
शैक्षिक गतिविधि सँगै सेन्ट लरेन्सको सक्रियता सामाजिक कामहरूमा पनि देखिन्छ। कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा स्वास्थ्य शिविर, सरसफाइ कार्यक्रम, सामाजिक हितका लागि दान, स्थानीय समुदाय सँग अन्तरक्रिया, तिज, शिवरात्रि जस्ता पर्वहरूमा स्वयंसेवी कार्य, विपद् राहत कार्यक्रम र सामाजिक चेतनाका विविध कार्यक्रमहरू गर्दै आएको छ। यिनै गतिविधि र उपलब्धिहरूले गर्दा सेन्ट लरेन्सले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विभिन्न ख्यातिप्राप्त सम्मान तथा पुरस्कारहरू प्राप्त गरेको छ । विभिन्न समयमा प्राप्त सम्मान तथा पुरस्कार, स्वतन्त्र सर्वेक्षणहरूले देखाएको नतिजा, राष्ट्रिय स्तरका परीक्षाहरूमा कलेजले प्राप्त गरेको उल्लेखनीय सफलता, कलेज बाट आफ्नो अध्ययन पुरा गरेका विद्यार्थीहरूको सन्तुष्टि र प्रतिस्पर्धात्मक बजारमा उनीहरूले प्राप्त गरेको सफलता आदिले कलेजलाई अझै विश्वसनीय बनाएको छ। त्यसैले त एस.इ.इ को नतिजा आउनासाथ यो कलेजमा विद्यार्थीहरूको भिड लाग्ने गरेको छ।
छात्रवृत्ति पनि : विद्यार्थीको आर्थिक व्ययभारलाई सहजता प्रदान गर्ने उद्देश्यलाई आत्मसात गर्दै सेन्ट लरेन्सले विभिन्न तहका छात्रवृत्ति पनि दिने गरेको छ । एसइई मेरिट छात्रवृत्ति, प्रवेश परीक्षा मार्फत छात्रवृत्ति, आन्तरिक परीक्षा छात्रवृत्ति, बोर्ड परीक्षा छात्रवृत्ति र विशेष छात्रवृत्ति आदि कुनै पनि वर्गमा परेर तपाईँले छात्रवृत्ति प्राप्त गर्न सक्नुहुन्छ ।
थप जानकारी लिनका कलेजको वेबसाईटमा जोडिनुहोस् !