१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

राज्यका गलत नीतिका कारण लाखौं विद्यार्थीहरू शिक्षाबाट वञ्चित छन : प्रकाश सी

धनगढी , असार ०९ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सी ले राज्यको गलत नीतिका कारण विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुनु परेको बताएका छन । संगठनको सेती ब्युरोद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वर्षेनी विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या माध्यमिक या उच्च शिक्षा अध्ययन गर्दा सम्म धेरै प्रतिशतले घट्दै जाने जसको कारण शिक्षा नीति रहेको अध्यक्ष प्रकाशले बताएका हुन ।

शनिबार धनगढीमा सम्पन्न सार्वजनिक शिक्षाका वर्तमान समस्या र समाधान विषयक अन्तरक्रिया अहिलेको नेपाली शिक्षा जगतलाई उद्धत गर्दै उनले भने , “ प्रत्येक वर्ष जसो करिब ७/८ लाखको हाराहारीमा भर्ना हुने विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्दा सम्म २/३ लाख सम्म झर्ने र त्यसमा पनि उतिर्ण हुने विद्यार्थीको संख्या झनै न्यून हुने देखिएको छ र यो बीचमा विद्यार्थीको संख्यामा देखिएको अन्तर नै शिक्षामा गलत नीतिका कारण विद्यार्थी पलायन भएको कुरा हो ।” शिक्षामा सुधार ल्याउन राज्यले देखिएको उदासिनता र गैरजिम्मेवारीपन नै अहिलेको शिक्षा क्षेत्रको समस्या रहेको उनी बताउँछन् ।

कार्यक्रमका अतिथि समेत रहेका अध्यक्ष सी ले कसैको रुचि नभएको क्षेत्रको रुपमा शिक्षा जगतलाई हेरिनु आजको विडम्बना रहेको बताए । उनले भने ,“ आज शिक्षा क्षेत्र रुचि बिहिन विषय छ । देशको कुल जनसंख्या मध्येबाट आधा भन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ र त्यो गरिबीलाई हटाउनु गरिबका बालबालिकाले राम्रो शिक्षा पायो भने मात्रै सम्भव छ तर राज्यको ध्यान त्यतातिर छैन ।” राज्यले गलत ठाउँमा केही व्यक्तिलाई तालिम भत्ताको नाममा पैसाको दुरुपयोग गरिरहेको तर शिक्षामा सुधार गर्ने तिर ध्यान नदिएको उनले बताए । समय र बदलिँदो जिवनशैली सुहाउँदो शिक्षा पाठ्यक्रम राज्यको नीति निर्माणको तहबाट नबन्नुले पनि शिक्षामा असमानता सिर्जना गरेको छ , विद्यार्थी नेता प्रकाशले भने । आफ्नो मन्तव्यमा जोड्दै उनी भन्छन , शिक्षामा भाषाका नाममा भएको विभेद , विद्यालयका भौतिक संरचनामा भएको अस्तव्यस्तताले पनि शिक्षा परिवर्तन हुन सकेको छैन ।” जीवन व्यवहार संग जोडिएको , विज्ञान प्रविधिलाई पकड्न सक्ने , अहिलेको आवश्यकतालाई पूरा गर्न सक्ने समान र पहुंच योग्य शिक्षा हुनुपर्नेमा उनको जोड थियो । समग्र शिक्षामा परिवर्तन ल्याउन समाजवादी शिक्षा प्रणाली स्थापना गर्न सबैले लाग्नु पर्ने सम्बोधनका क्रममा उनले भने ।

अखिल क्रान्तिकारी सेती ब्युरो इन्चार्ज बबर सी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा पोलीट ब्युरो सदस्य भेषराज सी र अथितीहरुमा नेकपा सेती ब्युरो इन्चार्ज भगत सी , पार्टी केन्द्रीय सदस्यहरु प्रकाश सी, विमल सी, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी , संगठनकै सचिव प्रकाश सी , अन्य शिक्षक संगठनका नेताहरु लगायत विद्यार्थीहरू र सरोकारवाला निकायको सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?