२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको आज बिहान प्रधानमन्त्री प्रचण्डले औपचारिक उद्घाटन गरेका हुन् ।

दुई किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एउटा गोण्डुलामा एकपटममा ८ जना यात्रु सवार गर्न सक्नेछन् ।

केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने आयोजना प्रमुख गोकुल साउदले बताए । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।

केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। केबलकार सञ्चालनपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?