पुँजीको विकल्प श्रम हो भन्ने कुरालाई नेकपाले स्थापित गरेको प्रकाण्डको दाबी

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्ड सी ले जसरी पुँजीवादको विकल्प समाजवाद हुन गएको छ त्यसरी नै पुँजीको विकल्प श्रम हो भन्ने मान्यता र दृष्टिकोणलाई आफुहरुले स्थापित गरेको दाबी छन।

कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस तथा साँस्कृतिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रिय कार्यालय कपिलवस्तु अन्तर्गत निर्माणाधिन स्वास्थ्य भवनमा गरिएको श्रमकार्यमा सहभागी हुँदै प्रबक्ता प्रकाण्डले यस्तो बताएका हुन ।

सम्बोधनको क्रममा प्रबक्ता प्रकाण्डले समाजवादी राज्यसत्ताका लागि पार्टीले अघि सारेको राज्य,अर्थतन्त्र र सँस्कृति सम्बन्धि मान्यताहरुको प्रयोग क्रान्ति कै चरणमा नेकपाले गर्दै आएको र त्यसैको अंगको रूपमा निर्माणाधीन स्वास्थ्य भवनको श्रमकार्य भएको भन्दै कृष्णसेन इच्छुकको सपना र आदर्शलाई अझ उचाइमा उठाउदै क्रान्तिलाई निरन्तर अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेकपा महासचिव विप्लव,स्थायी समिति सदस्यहरु लगाएत नेकपा केन्द्रिय सदस्यहरु सहभागी श्रमकार्यका क्रममा शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको २ सय ४० ओटा पोलहरु गाडिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?