नेकपा केन्द्रीय समिति बैठक जारी , के निर्णय गर्ला त ?

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठकमा पार्टी स्थायी समिति सदस्यहरुले सम्बोधन गर्ने क्रम जारी रहेको छ।बिहिवार देखि प्रारम्भ भएको बैठकमा महासचिव विप्लवद्वारा लिखित प्रस्ताव पेश भएपछि १० ओटा समुहमा भएको छलफलको निष्कर्ष टोलि नेताहरुले प्रस्तुत गरेका थिए भने आज बिहान ८ बजेबाट स्थायी समिति सदस्यहरुले सम्बोधन गर्ने क्रम शुरु भएको हो।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा जारी केन्द्रिय समितिको एकताको बैठकमा पार्टी स्थायी समिति सदस्य एवम् प्रबक्ता प्रकाण्ड सी,स्थायी समिति सदस्यहरु सन्तोष सी, अनिल सी, शिलु सी, भरत सी र शुसिल सी ले सम्बोधन गरिसकेका छन भने आज नै महासचिव विप्लवले प्राप्त सुझावलाई समेट्दै बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

जारी केन्द्रिय समिति बैठकमा बोल्ने नेताहरूले नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्ताक्षप उत्कर्षमा पुगेको, रास्ट्रीय स्वाधीनताको सवाल मुख्य बिषय बन्दै गएको र देशमा आर्थिक/ राजनीतिक संकट समेत इतिहास कै भयानक अवस्थामा पुगेकोले देशलाई निकास दिन तथा अग्रगामी निकासका लागि समाजवादी तथा देशभक्त मोर्चाको निर्माण अपरिहार्य रहेको र त्यसका लागि आबश्यक पहलकदमी गर्न केन्द्रिय समितिले ठोस निर्णय लिन जरुरी रहेको कुराहरुमा जोड दिईएको बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?