भेनेजुएलाविरुद्ध अमेरिकी प्रतिबन्ध 

 

 

काराकस/एजेन्सी । भेनेजुएलाविरुद्ध अमेरिकी प्रतिबन्धले महिला अधिकारलाई कमजोर बनाउँदै लगेको भेनेजुएलाका एक अधिकारीले संयुक्त राष्ट्रसंघको बैठकमा बिहीबार उल्लेख गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको एकपक्षीय जबरजस्ती कदमहरूले ‘पीडित महिलाहरूको जीवन र अधिकारमा प्रत्यक्ष प्रभाव पार्छ’ भेनेजुएलाका महिला तथा लैङ्गिक समानताका लागि जनशक्ति मन्त्री दिवा गुजमानले संयुक्त राष्ट्रसंघ समितिको ८५ औं सत्रलाई सम्बोधन गर्दै भनेका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धी कार्यक्रममा उनले प्रतिबन्धहरूले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्न नीतिहरू विकास गर्न र कार्यान्वयन गर्न ‘कठिन’ बनाउँने र सार्वभौमसत्ता, आत्म–निर्णय, गैरहस्तक्षेप, र विश्वव्यापी र अविभाज्य ग्यारेन्टीको उल्लंघन गर्ने भन्दै ‘नव–औपनिवेशिकताको औजार’को रूपमा यो आएको भन्दै निन्दा गर्नु भएको छ ।

भेनेजुएलाका सरकारी संस्थाहरूले महिलाहरूको ‘सक्रिय सहभागिता’लाई ‘लोकतान्त्रिक मूल्यमान्यता’ को प्रवर्द्धन गरेको छ, गुजम्यानले महिलाविरुद्ध भेदभाव हटाउन संयुक्त राष्ट्र महासन्धिको कार्यान्वयनको अनुगमन गर्ने स्वतन्त्र विज्ञहरूबाट बनेको समिति बीच सो धारण व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?