काठमाडौँ । बालेन सरकारले एसपीपी (SPP) सम्बन्धी सबै अन्योल चिर्दै अर्को बोल्ड निर्णय सार्वजनिक गरेको छ। सरकारले कुनै पनि सैन्य गठबन्धन वा हातहतियारको होडबाजीमा नेपाल सहभागी नहुने लिखित प्रतिबद्धता जनाएको हो।
’नेपाल प्रथम: नेपाली प्रथम’ को नीति अघि सार्दै देशलाई ‘बफर स्टेट’ नभई दुई छिमेकीबीचको ‘भाइब्रेन्ट ब्रिज’ बनाउने घोषणा गरिएको छ। असंलग्न परराष्ट्र नीतिमा लिइएको यो साहसिक अडानले शक्ति राष्ट्रहरूको दबाब झेल्नुपर्ने चुनौतीपूर्ण बाटो रोजेको प्रस्ट देखिन्छ।














