लिपुलेक मार्फत सिमा व्यापार सञ्चालन गर्ने सहमतिप्रति चार युवा संगठनको आपत्ति

काठमाडौ । नेपाली भूमि लिपुलेक मार्फत चीन र भारतले सिमा व्यापार गर्ने भनि गरेको सहमतिप्रति चार युवा संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् ।

YCL नेपाल अध्यक्ष पुष्प ओली, युवा संघ नेपाल संयोजक रोशन थापा,युवा संगठन नेपाल अध्यक्ष दिनेश सी र नेपाल समाजवादी युवा संघ इन्चार्ज बिजय खड्काद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्ति बिहिवार जारी गर्दै नेपालको सहमति बिना नै नेपाली भूमि प्रयोग गर्नेबारे भारत चीनबिच भएको सहमतिप्रति आपत्ति जनाएको हो।

बिज्ञप्तिमा”नेपालको संविधानले आधिकारिक नक्सा मार्फत महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको अभिन्न भू-भागको रूपमा स्पष्ट रूपमा समावेश गरिसकेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलताको सिद्धान्त र नेपाल – नेपाली जनताको सार्वभौमिक अधिकार विपरीत हुने यस किसिमका गतिविधिले नेपालको विदेश नीतिको प्राथमिकतामा रहेको मैत्रीपूर्ण छिमेक सम्बन्धमा गम्भीर असर पर्न सक्ने हुँदा यथाशीघ्र उक्त विषय सच्याउन माग गर्दछौं” भनिएको छ।

त्यस्तै `हाम्रो समाजवादी युवा मोर्चा नेपाल दुवै छिमेकी मुलुकलाई ऐतिहासिक तथ्य र मित्रवत सम्बन्धको मर्मलाई ध्यानमा राखी नेपालको सार्वभौमिक अधिकारलाई सम्मान गर्न आग्रह गर्दछ´ समेत भनिएको छ।

`नेपालको राष्ट्रियता र स्वाभिमानको वर्खिलाप हुने यस्ता क्रियाकलापको प्रतिकारमा उत्रिन समाजवादी युवा मोर्चा बाध्य हुने र साथै,यस विषयमा नेपाल सरकारलाई यथाशीघ्र ठोस कूटनीतिक पहल गर्न समेत अपिल गर्दछौं´ जारी संयुक्त बिज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?