२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

सुदूरपश्चिम कृषि उत्पादन तथा व्यापार केन्द्रले थप २७ बिघामा खेती विस्तार गर्ने

पहलमानपुर । नेपाल कम्युनिस्ट पार्टी अन्तर्गतको सुदूरपश्चिम कृषि उत्पादन तथा व्यापार केन्द्रले थप २७ बिघा जमिनमा बर्खे खेती विस्तार गर्ने निर्णय गरेको छ। केन्द्रका प्रमुख डबल बहादुर सी (भगतसिंह)को अध्यक्षतामा बुधबार कैलालीको रतिपुरमा सम्पन्न तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै उत्पादन अभियानलाई अझ सुदृढ बनाउने योजना अघि सारेको हो।

बैठकले ‘किसानसँग बिप्लव’ शीर्षकमा जेठ २ गते बिहान ८ बजे रतिपुरमा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ। साथै, आगामी बर्खे बालीका लागि गौरीगङ्गा नगरपालिकाको बडैपुर, कञ्चनपुरको फुलबारी, झलारी र कृष्णपुरमा गरी चार नयाँ उत्पादन केन्द्र स्थापना गरिने भएको छ। यी केन्द्रहरूको नेतृत्व पार्टीका केन्द्रीय सदस्यहरूले गर्नेछन्।

उत्पादन तथा व्यापार केन्द्रले कैलालीको पहलमानपुरमा ‘सी व्यापार केन्द्र’ स्थापना गर्ने निर्णय लिएको छ, जसको जिम्मेवारी केन्द्रीय सदस्य किरणलाई दिइएको छ। साथै, ‘उत्पादन उद्दार कोष’ गठन गर्ने, उत्पादनमा संलग्न सदस्यहरूका लागि तालिम र भ्रमणको व्यवस्था गर्ने, र कृषि विज्ञ सल्लाहकारका रूपमा गणेश भट्टराईलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा सहभागी सदस्यहरूले पार्टीको ‘न्यू इकनमिक ट्रयाक (NET)’ नीति प्रभावकारी बन्दै गएको बताएका थिए। उनीहरूले आगामी बर्खे उत्पादनमा पार्टीसम्बद्ध सबै निकायहरू परिचालित गरिनुपर्ने, मानवीय श्रमसँगै कृषि प्रविधि र यान्त्रिकीकरणलाई जोड दिनुपर्ने धारणा राखेका थिए।

बैठकका प्रमुख अतिथि एवं नेकपा स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सी रणबीरले नेकपाको उत्पादन अभियान परम्परागत शैलीको नभई नयाँ आर्थिक मार्ग र क्रान्तिको मान्यतासँग जोडिएको रहेको बताए। उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू श्रम र उत्पादनमा अनिवार्य रूपमा संलग्न हुनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?