२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरू पक्राउ

काठमाडौं । सिंहदरबार परिसरमा आइतवार आयोजित सांकेतिक प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका अनुसार प्रदर्शनमा सहभागिताका कारण अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू प्रदर्शनस्थलतर्फ प्रस्थान गर्नुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए ।

राप्रपाले प्रदर्शनअघि नै सिंहदरबार क्षेत्रमा अस्वाभाविक रूपमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भन्दै आपत्ति जनाएको छ। पार्टीले संसदीय दलको कार्यालय पुग्न खोज्दा नेता–कार्यकर्ताहरूलाई अवरोध गर्नु र त्यसपछि पक्राउ गर्नु गैरलोकतान्त्रिक व्यवहार भएको दाबी गरेको छ।

पछिल्ला दिनमा राप्रपा संघीयता, धर्मनिरपेक्षता र राजसंस्थाका विषयमा स्पष्ट अडानसहित विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ। आइतवारको सांकेतिक प्रदर्शन पनि सोही अभियानको एक हिस्सा रहेको पार्टीले जनाएको छ।

पक्राउ परेका नेताहरूलाई कहाँ राखिएको छ भन्नेबारेमा प्रहरीले हालसम्म औपचारिक जानकारी दिएको छैन। राप्रपाले गिरफ्तारीको विरोधमा चरणबद्ध आन्दोलन सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?