रवि लामिछाने भैरहवा कारागार चलान

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा कारागार चलान गरिएको छ। सहकारीको रकम ठगीको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राखिएको हो।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते गौतमबुद्ध विमानस्थलमार्फत रुपन्देही ल्याएर हिरासतमा राखिएको थियो। सरकारी विदाका कारण दुई दिन हिरासतमा रहेका उहाँलाई आज जिल्ला अदालत रुपन्देहीमा पेश गरी थुनुवा पुर्जी दिइएको हो।

यसअघि जिल्ला अदालतले १ करोड धरौटीमा छाड्ने आदेश दिएपनि उच्च अदालतले उक्त आदेश बदर गर्दै थुनामा पठाउन निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?