१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा काठमाडौँमा बिरोध प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा मंगलबार काठमाडौंमा स्वतन्त्र युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले माइतीघर मण्डलाबाट सुरु गरेर नयाँ बानेश्वरसम्म र्‍याली निकालेका थिए ।

प्रदर्शनकारीहरूले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ जस्ता नाराहरू लगाउँदै सरकारको निर्णयलाई निरंकुश र भ्रष्ट भन्दै खारेज गर्न माग गरेका थिए। उनीहरूले ‘भ्रष्ट सरकार खारेज गरौँ’,’अवस्था बदल्न व्यवस्था बदलौँ’, ‘सिङ्गो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ’ लगायतका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

नयाँ बानेश्वरमा पुगेपछि निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो। यस क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न प्रयास गरेको थियो ।

यस प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि ऐक्यबद्धता जनाएका थिए।

यसैबीच, नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता कडा पारिएको छ। सरकारको निर्णयपछि रत्नपार्क क्षेत्र लगायतका स्थानहरूमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको हो।

कुलमान घिसिङलाई हटाउने निर्णयको चौतर्फी विरोध भइरहेको छ, जसमा सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको छ। गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् बैठकमै घिसिङलाई हटाउने निर्णयको विरोध गरेका थिए। त्यस्तै, कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले समेत सरकारको निर्णयको आलोचना गर्दै सार्वजनिक असन्तुष्टि जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?