१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त, नेताहरुको विरोध

काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि विभिन्न राजनीतिक दलका नेताहरू र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बत्ती निभाएर सांकेतिक विरोध जनाए। उनले “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिन्छन्” भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको निर्णयलाई “प्रतिगमन” भन्दै यसको चर्को विरोध गरेका छन्। उनले चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा संकट निम्त्याउने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णयलाई “गलत र आपत्तिजनक” भनेका छन् । उनले घिसिङको नेतृत्वमा नेपाल उज्यालो बनेको स्मरण गराउँदै, विद्युत प्राधिकरणको बक्यौता उठाउने प्रयासकै कारण उनलाई हटाइएको आरोप लगाएका छन् ।

पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई संकटबाट बचाउन सबैले संगठित भूमिका निर्वाह गर्नुपर्ने आह्वान गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आम नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो उल्टै मट्टितेल थपेको आरोप लगाएका छन् ।

घिसिङको बर्खास्तीविरुद्ध सामाजिक सञ्जालमा जनताको व्यापक असन्तुष्टि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?