कञ्चनपुर ,चैत ८ : कञ्चनपुरमा सरकारी छाप दुरुपयोग भएको भन्दै संयुक्त युवा विद्यार्थीद्वारा कारबाहीको माग गरिएको छ । एक पुर्व जनप्रतिनिधिले सरकारी छापकाे दुरुपयाेग गर्दै सटर खाली गर्न सुचना टास गरेकाे भन्दै सात संगठन आवद्ध युवा विद्यार्थीले ध्यानाकर्षण गर्दै अनुसन्धान र कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति निकालेका छन् ।
विज्ञप्तिः
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारमा विगत लामो समय देखी व्यवसाय गर्दै आइरहेका भीमदत्त नगरपालिका ०४ का पुर्व वडा अध्यक्ष लक्ष्मी बोहराले सटर खाली गर्न भनी ७ दिने टास गरेको सुचना प्रति सात संगठनका सयुक्त युवा विद्यार्थीद्वारा एक बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । “नगरपालिका संग भएको २० बर्षे सम्झौता म्याद सकिएको तर पुनः १० बर्षको नक्कली सम्झौता पत्र देखाएर अनावश्यक एवम कानुनी विपरीत नगरपालिकाका सटरहरुबाट बर्षों देखि भाडा असुली रहेका निजलाई तत्काल कार्वाही गर्न जोडदार माग गर्दछौं ” बिज्ञप्तिमा उल्लेख छ ।
छाप दुरुपयोग गरियो भनिएको सुचनाः