काठमाडौं,। समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न यही चैत १५ गते काठमाडौंमा विशाल जनसभा तथा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि विवाद चुलिएको छ । मोर्चाको घोषणापछि दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत चेतावनीपूर्ण प्रतिक्रिया दिएका छन् ।
प्रसाईंले फेसबुकमा स्टाटस लेख्दै“देश बेचुवाहरुलाई राष्ट्रभक्तीको शक्ती यही १५ गते देखाउँछौं”भन्दै आफू र आफ्ना समर्थकहरू प्रतिरोध गर्न तयार रहेको संकेत गरेका छन् ।
उनको यस प्रतिक्रियाले राजनीतिक माहोल तातेको छ भने सम्भावित झडपको आशंका पनि गर्न सकिन्छ ।