१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

के साँच्चै नेपालका जनताले फेरि राजतन्त्र चाहेका हुन् ?

काठमाडौं । देशमा गणतन्त्र स्थापना भएको दशकौ बितिसक्दा पनि बेलाबेला राजतन्त्र फर्काउनुपर्ने आवाज उठिरहेको हुन्छ । यो आवाज कहिलेकाहीँ संगठित रूपमा, कहिलेकाहीँ हुलमुलमा, कहिलेकाहीँ सामाजिक सञ्जालमा बलियो भएर आउँछ । के साँच्चै नेपालका जनताले फेरि राजतन्त्र चाहेका हुन् ? वा यो अल्पज्ञान, निराशा र भड्काइको परिणाम मात्र हो ?

अवश्यपनि यो अल्पज्ञान,निराश र भड्काईको परिणाम हो । जनआन्दोलन २०६२/६३ को जगमा उभिएको गणतन्त्र कुनै संयोग थिएन। त्यो नेपाली जनताको लामो संघर्षको उपज थियो । राजतन्त्रले दशकौंसम्म देशलाई निरंकुशता, दमन र अवसरवादको सिकार बनाएको इतिहास ताजै छ । तर, अहिले जब देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, र नेताहरूको अकर्मण्यता चरमोत्कर्षमा छ, केही मानिसहरू पुरानै व्यवस्थाको सपना देख्न थालेका छन् ।

तर, यो भावनात्मक प्रतिक्रिया मात्र हो । एउटा तानाशाही सत्तालाई फर्काउन खोज्नु समस्या समाधान होइन, झन् जटिलता बढाउनु हो । राजतन्त्र भनेको कुनै चमत्कारी उपचार होइन, जसले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्छ । बरु, यो एक कदम पछाडि फर्किने कार्य हुनेछ ।

संसारभरि नै लोकतन्त्रको विकल्प खोज्नेहरूमध्ये धेरैजसो या त अधिनायकवादमा आश्रित छन् । या त पुराना गल्तीहरूसँग असन्तुष्ट भएर भुलभुलैयामा छन् । नेपालमा पनि यही भइरहेको छ । केही व्यक्तिहरू राजतन्त्रको गीत गाउँछन्, केही युवाहरू जो इतिहासबाट अपरिचित छन्, र धेरै युवाहरू नेताहरु जनउत्तरदायी नभैदिदा निराश छन् । यस्तै निराशा अज्ञानताका काे भरपूर फाइदा उठाउँदै राजतन्त्रको गितगाउनेहरुले भावनामा डुबाएर सजिलै लोभ्याई रहेका छन् ।

राजनीतिक दलहरू असफल छन्, नेताहरू जनउत्तरदायी छैनन्, तर समाधान लोकतान्त्रिक प्रणालीलाई सुधार गर्नुमा छ, कुनै निरंकुश संस्थालाई फर्काउनुमा होइन । हिजो राजाले जनताको अधिकार खोसेका थिए, आज फेरि त्यही अधिकार राजामाथि सुम्पिनु मूर्खता बाहेक अरु केही हुने छैन ।

नेपालले अगाडि बढ्नुपर्छ, पछाडि फर्केर होइन । गणतन्त्रलाई बलियो बनाउने, लोकतन्त्रलाई प्रभावकारी बनाउने, र सुशासन स्थापित गर्ने काम जनताको हो। समस्याबाट भागेर निरंकुश राजाको शरणमा जाने सोच बेतुक मात्र होइन, घातक पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?