१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

जनयुद्धको कार्यदिशालाई अझ सुदृढ बनाउन नेकपा प्रतिबद्ध छ : प्रकाण्ड

काठमाडौँ । ३० औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा पार्टी प्रवक्ता प्रकाण्डले “जनयुद्धको ऐतिहासिक महत्व र पार्टीको प्रतिबद्धताबारे विस्तृत धारणा राखेका छन् ।

जनयुद्धका उपलब्धिहरूलाई सम्झिँदै यसलाई जनताको हितमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । साथै, उनले जनयुद्धका कार्यकर्ता र कार्यदिशालाई अझ सुदृढ बनाउन नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताए ।

प्रकाण्डले जनयुद्धलाई “हाम्रो आस्था, विचार, र मुक्तिको प्रतीक” भनी परिभाषित गर्दै भने, “जनयुद्धले नेपालमा दमन, शोषण र उत्पीडनको विरुद्ध विद्रोहको अधिकार सुनिश्चित गर्‍यो। यो आन्दोलन माओवादी पार्टीको आत्मा र विचारको मुख्य आधारशिला हो।”

उनले शासकहरूले बन्दुकको शासन चलाएमा त्यसका विरुद्ध बन्दुक उठाउने अधिकार छ भनी जनतालाई विचार प्रवाह गर्ने जनयुद्ध र माओवादी पार्टीलाई अपराधीको संग्या दिनेहरूले जनताको त्याग र बलिदानलाई अपमानित गरिरहेको आरोप लगाए ।

कार्यक्रममा विभिन्न नेताहरूले जनयुद्धको योगदान र त्यसले ल्याएको राजनीतिक परिवर्तनलाई सम्मान गर्नुपर्ने धारणा राखेका थिए। उपस्थित कार्यकर्ताहरूले जनयुद्ध दिवसप्रति गर्व गर्दै एकता र संघर्षलाई निरन्तरता दिने संकल्प गरेका थिए।

उक्त कार्यक्रमलाई नेकपाका शीर्ष नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?