३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित प्रहरीका पुर्व असई खडका पक्राउ

कञ्चनपुर, २९ पुष : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ उत्तरी चुरे वन क्षेत्रबाट एक युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन । सोमबार शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र अन्तरगत पर्ने चुरे क्षेत्र वनबाट भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडक बहादुर खड्कालाई पक्राउ गरेको हो । खडका नेपाल प्रहरीका पुर्व असई भएको वनका अधिकारीहरुले जनाएका छन । शुक्लाफाँटा सवडिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट इन्द्र बम नेतृत्वको टोलीले खड्कालाई पक्राउ गरेको हो ।

वन रक्षक खेम साउदले चुरे राष्ट्रिय वनमा जडान गरिएका क्यामेराहरुको निरीक्षणमा गएको समयमा उनलाई पक्राउ गरिएको बताए । ‘राष्ट्रिय वनमा जडान गरिएको क्यामेराको निरीक्षण गर्न हामी त्यहाँ गएका थियौं,‘वन रक्षक साउदले भने, ‘चुरे क्षेत्रको गिठे भन्ने ठाउँमा हामीले खडकालाई बन्दुक लुकाई रहेको अवस्थामा देखेपछि पक्राउ गरेका हौँ ।’ खडका शिकार गर्नकै लागि चुरे वनमा गएको वनको टोलीले अत्र्थाएका छन । भरुवा बन्दुक सहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक झलकप्रसाद शर्माले भरुवा बन्दुकसहित पक्राउ परेका खड्कामाथि अनुसन्धान भईरहेको बताए । खडका बिरुद्धमा हातहतियारदेखि चोरी शिकारीजन्य गैर कानुनी कसुरमा मुद्दा आर्कषित हुने प्रहरीले जनाएको छ । यसरी प्रहरी सेवाबाट निवृति भएपछि भरुवा बन्दुक लिएर चुरेतिर शिकारीजन्य गतिबिधीमा संलग्न कार्य चिन्ताजनक रहेको सरक्षणकर्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?