२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

सुरक्षाकर्मी सहित नेपाल आईपुगिन् देवी प्रतिभा

विशव चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आईपुगेकी छिन् । माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आएकी हुन् । आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए ।

प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतीभा १० दिनसम्म नेपालमा नै बस्ने कायृक्रम रहेको छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विशवकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन् ।देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ईश्व्रकृष्ण महाराजजी, ओम प्रकाश गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ । मघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दीर देवघाट दिव्य धाम मन्दीरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?