१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

विश्वकै सवै भन्दा साना देशहरु

विश्व । विश्वका १ सय ९३ देशहरु मध्य रुश सबैभन्दा ठूलो देश हो, जुन निकै विशाल छ । तर पृथ्वीमा केही देश त्यस्ता पनि छन् जो निकै साना छन् । ती मध्ये धेरैको नाम तपाइँले अहिलेसम्म नसुन्नु भएको पनि हुनसक्छ । विश्वका सबैभन्दा साना पाँच देश यस्ता छन्ः

१. भ्याटिकन सिटी : यो विश्वको सबैभन्दा सानो देश हो । जसको क्षेत्रफल जम्मा १ सय एकड अर्थात् ०.४४ वर्ग किलोमिटर रहेको छ । यो देश चारैतर्फ इटालीको रोमले घेरिएको छ । यो देशमा विश्वकै सबैभन्दा ठूलो क्याथोलिक चर्च छ । यो देशमा एकमात्र रेल लाइन छ । १.२७ किलोमिटर लामो यो रेल लाइन विश्वकै सबैभन्दा छोटो रेललाइन पनि हो ।

२. मोनाको : विश्वको दोश्रो सानो देश मोनाको २.२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकै सानो हुनुका बाबजुत ४० हजार जनसंख्या भएको यो देश विश्वका धनी देशमध्येमा पर्दछ । यहाँका अधिकांस मानिस करोडपति छन् ।

३. नाउरु : २१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नाउरुको जनसंख्या झण्डै ९ हजार छ । यो देश नरिवल उत्पादनको हब नै मानिन्छ ।

४. टुभालु : यो देश प्रशान्त महासागरस्थित हवाई र अष्ट्रेलियाको बीचमा रहेको एक टापु देश हो । चारवटा टापु मिलेर बनेको यो देशको जनसंख्या १२ हजार छ । यो देशको क्षेत्रफल २६ वर्ग किलोमिटर रहेको छ ।

५. सानमारिनो : विश्वको पाँचौ सानो देश सानमारिनोको क्षेत्रफल ६१ वर्ग किलोमिटर र जनसंख्या ३० हजार छ । यो देश चारै तर्फबाट इटालीले घेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?