२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

माघे संक्रान्तिमा नुवाकोटमा गोरु जुधाई मेलाका लागि गल्छीको लाले गोरु तयारी अवस्थामा

सन्दिप घिमिरे

गल्नुछी । वाकोट जिल्ला, तारकेश्वर गाउँपालिका वडा नं. ३ तारुकामा २०८१ माघ १ गते हुने गोरु जुधाई मेलाको तयारी तीव्र रूपमा भइरहेको छ। धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नं. ७ गल्छी टिकट काउन्टरबाट ल्याइने लाले गोरु पनि आकर्षणको रूपमा रहनेछ ।


तारकेश्वरको चन्दनी बारीमा आयोजना हुने यस गोरु जुधाई मेलाले राष्ट्रिय स्तरको महत्व पाउँदै आएको छ। राजधानी काठमाडौँ लगायत विभिन्न जिल्लाबाट मानिसहरू तारुकाको गोरु जुधाई मेलाको अवलोकन गर्न आउने गरेका छन्। तारुकाको गोरु जुधाई मेलाको ऐतिहासिक महत्त्वलाई पछ्याउँदै हाल नुवाकोटका अन्य स्थानमा पनि गोरु जुधाई हुन थालेका छन्। बेत्रावती, कपिलेश्वर पञ्चकन्या, लिखु र शिवपुरीजस्ता स्थानमा पनि गोरु जुधाई मेलाको परम्परा सुरु भएको छ।

तर, तारुकाको गोरु जुधाई मेलालाई विशेष रूपमा हेरिन्छ। यहाँका किसानहरू वर्ष दिनदेखि गोरुलाई विशेष खुवाउने, स्याहार गर्ने, र मेलाका लागि तयार पार्ने गर्दछन्। छिमेकी धादिङ गल्छीका एक किसानले मेलाका लागि लाले गोरुलाई पाल्दै आएको बताएका छन्।

गोरु पालक किसानका अनुसार, माघे संक्रान्तिमा गोरु जुधाउनुपर्छ भन्ने मान्यता पुरानो परम्परासँग जोडिएको छ। किसान भन्छन्, “पुर्खाको चलन जोगाउनु हाम्रो संस्कार हो। आफूले नखाएर पनि गोरुलाई खुवाएका छौँ। वर्षदिनदेखि गोरुलाई तयारी अवस्थामा राखेका छौँ।”

किसानहरूले यो मेला हेर्न आउन सबैलाई निमन्त्रणा गरेका छन् । तारुकाको गोरु जुधाई मेला मनोरञ्जनमात्र नभई संस्कृतिको संरक्षण र स्थानीय पहिचानसँग पनि जोडिएको छ। यसले किसानहरूमा उत्साह थप्नुका साथै आन्तरिक पर्यटन विकासमा पनि योगदान पुर्याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?