प्याब्सन कञ्चनपुरको अध्यक्षमा महादेव भट्ट

पुष २५ : निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको अध्यक्षमा महादेव प्रशाद भट्ट चयन भएका छन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको प्याब्सन कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन ।

सहमतीय आधारमा भट्टको अध्यक्षतामा प्याब्सन जिल्लाको कार्य समिति विस्तार गरिएको हो । बरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्द, उपाध्यक्ष बालकृष्ण ढकाल, सचिव अक्कल बहादुर रोकाया, कोषाध्यक्ष केशवराज जोशी, सह सचिव नगेन्द्र प्रशाद कलौनी, सह कोषाध्यक्ष हिमालय कुमार चन्द, सदस्यहरु शिवराज पन्त, पुष्पराज ओझा, लोकेन्द्र राज जोशी, दिनेश कुमार बडू, सरोज राज जोशी, गौरीदत्त भट्ट, चन्द्रसिह बोगटी, देवराज जोशी चयन भएका छन । अधिवक्ता प्रकासराज पाठक, यज्ञ प्रशाद भण्डारी, तर्कराज भट्टराईको निर्वाचन समितिले निर्बिरोध निर्वाचित घोषणाका साथै प्रमाण पत्र पदभार ग्रहण गराएका छन । प्याब्सन कञ्चनपुर कमाण्डर बनेका शिक्षक एव विद्यालय संचालक महादेव प्रशाद भट्टले जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारदेखि अतिरिक्त कृयाकलापका साथै प्याब्सन कञ्चनपुरको भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष भट्टले प्याब्सनका अगुवादेखि सरोकारवालासंग समन्वय गरेर शैक्षिक स्तर बृद्धि गर्दै अघि बढ्ने बताए ।

प्याब्सन कञ्चनपुरका निर्वतमान अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्तमको प्याब्सन केन्द्रीय सल्लाहकार डा हिरा चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालक तत्तकालिन सचिव एव हाल बरिष्ठ उपाध्यक्षमा चयन भएका राकेश बहादुर चन्दले संचालन गरेका थिए । कार्यक्रममा विद्यार्थीदेखि सल्लाहकार सम्मान गरिएको थियो । प्याब्सनकर्मीदेखि शैक्षिक सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?