२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य डा. चन्दलाई सम्मान

कञ्चनपुर, पुष २५ : सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य एव प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्दलाई सम्मान गरिएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनमा प्रदेशका आयोग सदस्य तथा प्याबसन केन्द्रीय सल्लाहकार चन्दलाई सम्मान गरिएको हो ।

भीनमदत्त नगरपालिका १० गड्डाचौकी स्थित डाईमण्ड एकेडेमीका संचालक समेत रहेका चन्दले शिक्षा क्षेत्रमा पु¥याएको योगदान एव प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएसंगै आगामी दिनमा प्रदेशको शिक्षा सुधार पहल कदमीका लागि सम्मान गरिएको जनाएको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले डा. चन्दलाई दोसल्ला ओढाएर सम्मान गरेका छन । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति समेत रहेका डा. चन्दलाई दोसल्लाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ । प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेव भट्टले प्याब्सनको कार्यालय भवन निर्माणका लागि जमिन खरिद गरिएको बताए । अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने छ । कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?