एमाले केन्द्रीय बैठकद्वारा रावललाई निष्कासन गर्ने सचिवालय बैठकको निर्णय अनुमोदन

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पूर्वउपाध्यक्ष डा.भीम रावललाई पार्टीबाट निष्कासन गर्ने सचिवालय बैठकको निर्णयलाई अनुमोदन गरेको छ ।

आईतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै निर्णय अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्दै स्थायी कमिटी सदस्यहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरेको थियो ।

सचिवालय बैठकले निष्कासन गरे पनि केन्द्रीय कमिटी बैठकबाट त्यसलाई सच्याउन सकिने र रावललाई पार्टीमा सक्रिय बनाउनुपर्ने चर्चा चले पनि अब त्यो बाटो पनि बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?