२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

छोराको प्रेमिकामाथि बुवाको आँखा, ब्रेकअप गर्न लगाएर आफैले गरे विवाह

बेइजिङ । बैंक अफ चाइनाका अध्यक्ष लिउ लियाङले आफ्नो छोराको प्रेमिकासँग विवाह गर्न उनलाई ब्रेकअप गर्न प्रभावित गरेको समाचार छ । गत वर्षको नोभेम्बरमा बैंकको अध्यक्ष हुँदा १ सय २१ मिलियन युआन घुस लिएको तथा ३.३२ बिलियन युआन बारबारको अनधिकृत ऋण प्रवाह गरेको आरोपमा निलम्बित मृत्यु दण्डको सुनाएपछि लिउ चर्चामा आएका थिए । यसअघि उनी आफूभन्दा धेरै कम उमेरकी युवतीहरूसँगको प्रेमका लागि चिनिएका थिए । पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि उनले तीनवटा विवाह गरेका थिए । उनले चौथो विवाह आफ्नै छोराको प्रेमिकासँग गर्न पुगेका थिए ।

केही चिनियाँ मिडियाले सन् २०२३ मा नै लिउको यस अनौठो विवाहको बारेमा समाचार प्रकाशित गरेका थिए । उनलाई त्यतिबेला बैंक अफ चाइना र कम्युनिस्ट पार्टीबाट हटाइएको थियो । समाचारमा उनले कसरी आफ्नो छोरालाई प्रेमिका छाड्न प्रभावित गरे र आफैले कसरी त्यही युवतीलाई प्रेममा पारे भन्नेबारे उल्लेख थियो । ६३ वर्ष लिउको कम उमेरका युवतीप्रतिको मोह लुकेको थिएन तर उनले यसका लागि आफ्नै छोराको सम्बन्ध बिगार्छन् भन्ने चाहिँ कसैले सोचेका थिएनन् ।

एक दिन लिउका छोराले आफ्नी प्रेमिकालाई पितासँग चिनाउन घर ल्याएका थिए । उनले आफूले विवाह गर्ने योजना बनाएको पनि सुनाएका थिए । तर, लिउ ती युवतीको सुन्दरताबाट यति मन्त्रमुग्ध बने, उनले ती युवतीलाई आफ्नो बनाउने सोचे । आफ्नी हुने वाला बुहारीलाई भेटेको केही दिनपछि लिउले छोरालाई ती युवती ठिक नभएको र परिवारका लागि राम्रो नहुने भन्दै छाड्न बाध्य पार्न थाले । ती युवतीको ध्यान केवल परिवारको सम्पत्तिमा भएको भन्दै उनले छोरालाई भड्काउन थाले । छोराले पितालाई सम्झाउने प्रयास गरे पनि अन्ततः दबाबमा आएर सम्बन्ध तोड्न बाध्य भए । लिउले त्यसपछि छोरालाई आफ्नो साथीको छोरीसँग जोडी मिलाइदिए । यता, आफ्नो योजनाबाट छोराको अवरोध हटेपछि उनले ती पूर्वप्रेमिका लागि महँगो उपहार, गरगहना दिन थाले । अन्ततः ती युवती लिउको प्रेममा परिन् ।

ब्रेकअप गरेको ६ महिनापछि लिउका छोराले आफ्नो पूर्वप्रेमिका आफ्नै कान्छी आमा बन्न लागेको खबर पाए । यसबाट उनी डिप्रेसनमा पुगे । उनको अवस्था यति खराब भयो कि उनलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो । यता, लिउले चौथो विवाहमा भने लामो समय रम्न पाएनन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान हुन थाल्यो । उनले आफ्नो पद पनि गुमाउन पर्‍यो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?