ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्क क्लब चेस च्याम्पियनसिपको फाइनलमा

सन्दिप घिमिरे

ललितपुर । आयोजक ललितपुर स्पोर्ट्स क्लब र थापाथली चेस पार्क क्लब तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको फाइनलमा ।

आयोवजक ललितपुर स्पोर्ट्स क्लव दई पटकको तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियपको वियेता थापाथली चेेस पार्क क्लब सातौ तुल्सीलाल स्मृति राष्ट्रिय क्लव टिम चेस च्याम्पियनसिपको फाइनलका स्थान बनाएका छन्।

आयोजक ललितपुर स्पोर्ट्स क्लवले प्रतियोगिताको उच्च वरियताका दावेदारको रुपमा रहेको टोलि ललितपुर महानगरपालिकालाई निकै प्रतिस्पर्धास्क खेलमा २.५ अक जोडेर पराजित गरे।

ललितपुर महानगरपालिकाले साढे १ अंक मात्र जोड्न सफल भए। ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा संचालन भइरहेको प्रतियोगिता नेपालका उत्कृष्ट खेलाडीहरुको सहभागी रहैको टोलि पराजित भए पछि निरास भए।

तेस्रो बोर्डमा खेलेका पुर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी प्रतियोगिता अविधि भर उत्कृष्ट लयमा रहेका आयोजक क्लबका रिसोन थापासंग पराजित भएका थिए। रिसोनले महत्त्वपूर्ण १ अंक जोडे पछि फिडे मास्टर रुपेश जैशवाल र सिएम सजिन महर्जन बीचमा बराबरी रहे।
जसको फाइदा ललितपुर स्पोर्ट्स क्लबकाले उठाउन सफल भए।

त्यस पछि आयोजक टिमको तर्फबाट  दोस्रो बोर्डमा खेलेका शैलेन्द्र न्यौपाने र चौथो बोर्डमा खेलेका विनिता कपालीले आ आफ्नो खेल बराबरीमा टुंग्याउन सफल भए।

त्यसैगरी थापाथली चेस पार्क क्लवले डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम लाई ० दशमलव ५ को विरुद्ध ३ दशमलव ५ ले सहज रुपमा हराउन सफल भए र फाइनलमा स्थान सुरक्षित गरे।

थापाथली चेस पार्कका वोमेन महिला च्याम्पियन सिन्दिरा जोशीले निर्णायक खेलमा दोलखा चेस होमका पुजा भण्डारी माथि महत्त्वपूर्ण १ अंक खोर्दै टिमलाई जित दिलाउन सफल भईन्।

यसअघि थापाथलीका रिजेन्द्र राज भण्डारी र राजन सुवेदी, सुशील चौधरी र सुश्रत दाहल तथा आशिष् फुयाल बीचको खेल बराबरी छुटेको थियो।

कूल चार लाख सती हजार नगद पुरस्कार रहेको प्रतियोगितामा बिजेता टिमले दुई लाख , उपविजेतले एक लाख बीस हजार , तेस्रो हुनेले असी हजार र चौथो हने टोलिले ४० हजार नगद पुरस्कार हात पार्ने छ भने प्रत्येक बोर्डमा उत्कृष्ट स्थान हात पार्ने खेलाडीलाई जनही १० हजार पुरस्कारको व्यवस्था गरिएको छ।

ललितपुर स्पोर्ट्स क्लव र थापाथली चेस पार्क बीच उपाधिको लागि भिडन्त हुनेछ भने ललितपुर महानगरपालिका र दोलखा चेस होमको बीचमा तेस्रो र चौथौ स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?