केशव थापा, पुष १२ : निर्माण व्यवसायी हर्क बहादुर मल्लले कञ्चनपुरको एक बृद्धाआश्रममा नगद सहित खाद्यान्न सहयोग गरेका छन । भवानी कालिका कस्ष्ट्रक्सन प्रालिका संचालक समेत रहेका निर्माण व्यवसायी मल्लले बेदकोट नगरपालिका ७, ८ रौटेलामा रहेको बैजनाथ धाम तथा बृद्धाआश्रम सेवा समितिमा नगद सहित खाद्यान्न सहयोग गरेका हुन ।
महाबु गाँउपालिका ५ दैलेखका स्थानीय समेत रहेका निर्माण व्यवसायी मल्लले जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकको समाजिक सेवाका लागि नगद सहित खाद्यान्न, फलफुल वितरण गरेका छन ।
समाजसेवी समेत रहेका निर्माण व्यवसायी मल्लले सपरिवार सहितका सरोकारवाला निकाय, जेष्ठ नागरिकसंगै आश्रममै केक काटेर जन्मदिन मनाएका छन । निर्माण व्यवसायी मल्लले नगद ३ हजार ३सय ५रुपैया नगद दक्षिणा सहित चामल, दाल, दुध, चिनी, तरकारी, फलफुल मिठाई वितरण गरेका छन ।
मल्ल सहितका उनकी धर्मपत्नी हेमन शाही(मल्ल), बाबु नर बहादुर मल्ल, आमा मन्सरा मल्ल, छोरा मनसुन विक्रम मल्ल सहितका आफन्त घर परिवारले बेसाहरा जेष्ठ नागरिकलाई मिठाई, फुलफुल वितरण गरेका थिए । यसरी निर्माण व्यवसायी मल्लले सपरिवार सहितले बृद्धआश्रममा नगद, खाद्यान्नका साथै फुलफुल मिठाई केक काटेर आश्रममै जन्मदिन मनाएपछि जेष्ठ नागरिक उत्साहित भएका छन । आफ्नै सन्तानको जन्मदिवस जस्तै भनेर जेष्ठ नागरिक उत्साहित हुँदै उनलाई फुल दिएर आर्शिवाद दिएका थिए । निर्माण व्यवसायी मल्लले समाजिक सेवाका लागि आफ्नो खुसीमा घरपरिवारबाट बेसाहरा बनेका जेष्ठ नागरिकसगै खुसी साटासाट गरेको बताए । मल्लले आगामी दिनमा पनि बृद्धआश्रम सहित जेष्ठ नागरिकको सेवा गर्ने प्रण गरेका छन ।














