आज राति ६ प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज मंगलबार राति मधेसबाहेक बाँकी ६ प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसअनुसार कोसी प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका पनि एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यस्तै बागमती प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका पनि एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाका अनुसार गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हल्का हिमपात तथा पहाडी र तराई क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी आज राति लुम्बिनी प्रदेशको पहाडी र तराई दुवै क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने कर्णाली प्रदेशका पनि हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुने सम्भावना छ। साथै सो प्रदेशको पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातहुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम महाशाखाका अनुसार राति सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका पनि थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। सो प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?