१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

धादिङ खुल्ला फुटसल प्रतियोगिताको उपाधि धादिङ फुटसल एकेडेमीलाई

सन्दिप घिमिरे

काठमाडौं । धादिङ खुल्ला फुटसल प्रतियोगिताको उपाधि धादिङ फुटसल एकेडेमीले जितेको छ । एक्सन नेपाललाई ७–५ गोल अन्तरले पछि पार्दै धादिङ फुटसल एकेडेमीले उपाधि चुमेको हो ।

त्यस्तै, हिम्स नेपाल बी र अभिषेक चर्चले भने तेस्रो स्थानको उपाधि बाँडेका छन् । प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्लाको सदरमुकाम धादिङबेसीमा आयोजित खुल्ला फुटसल प्रतियोगिता ख्रीष्टमस २०२४ को अवसरमा हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल), नगर इसाई समाज र महिमा युथ क्लवले संयुक्त रुपमा आयोजना गरेको हो । ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान गर्ने र अन्य संघ संस्थाहरुसँग सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको महिमा युथ क्लव धादिङको संयोजक शमुयल तामाङले जानकारी दिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले विकास निर्माणका काम जस्तै खेलकुद क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर काम गरेको बताएका छन् । ‘जिल्लाका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा अवार्डहरु जितिरहेका छन् । जिल्लामा हुने यस्ता खेलहरुले थप खेलाडीलाई थप प्रोत्साहन मिल्ने विश्वास लिएका छौं,’ उनले भने ।

मिडिया पार्टनरको रुपमा जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ र नेपालपथ डटकम रहेका थिए । खेल सकिएपछि धादिङ फुटसलमा नै धादिङ इसाई समाजको शुभकामना आदान–प्रदान कार्यक्रम पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?