कञ्चनपुर, मंसिर ३० : निजी तथा आवासी विद्यालय संगठन नेपाल(प्याब्सन) भीमदत्त नगर कार्य समितिको अध्यक्षमा उपेन्द्रराज जोशी चयन भएका छन ।
आइतबार महेन्द्रनगरमा प्याबसन भीमदत्त नगरको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा जोशी चयन भएका हुन । उपाध्यक्ष महादेव विष्ट , सचिव हरिस ठगुन्ना, कोषाध्यक्ष राजेन्द्र सिह विष्ट, सदस्य दानी विष्ट, दुर्गादत्त पाण्डेय, हर्क जाग्री चयन भएका छन । ।सहमतीय आधारमा नगर समिति चयन गरिएको प्याब्सन कञ्चनपुरले जनाएको छ । प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मराज भट्टले सहमतीय आधारमा नगर समिति चयन गरिएको बताए ।
प्याब्सन भीमदत्त नगरका निर्वतमान अध्यक्ष गौरीदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्रं ओझाको प्रमुख आथित्यमा भएको थियो । , प्याब्सन केन्द्रीय सदस्य प्रेमसिह पुजारा, प्रदेश बरिष्ट उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, प्रदेश उपाध्यक्ष केशव भट्ट जिल्ला अध्यक्ष अमराज भट्ट सहितका प्याब्सन कञ्चनपुरका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।














