नेपाली महिला चेस खेलाडी दुबई प्रस्थान 

सन्दिप घिमिरे

काठमाडौं । युनाइटेड अरब इमिरेट्स दुबईमा मंसिर ३० देखि पुस ८ गते सम्म सञ्चालन हुने एशियन एमेच्योर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली त्यस तर्फ प्रस्थान गरेका छन् । 
        

युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनकाे तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको चेस प्रतियोगितामा महिला विधा तर्फ प्रतिस्पर्धा गर्न शनिवार दिल्लीको राजीव गान्धि एयरपोर्ट हुँदै ओलम्पियाड खेलाडी सिन्दारा जोशी र पुजा भण्डारी प्रस्थान गरेका छन् ।  
                

९ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी र महिला तृतीय भएकी पूजा भण्डारीलाई फिडे आर्विटर सोराज ताम्राकारले दिल्लीवाट बिदाइ गरेका छन् । 
         

प्रतिष्ठित एशियन एमेच्योर अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका दुई खेलाडी सहित आयोजक राष्ट्र युएई, भारत, इरान, उज्वेकिस्तान, लेभनन्, बहराइन, फिलिपिन्स, काजकिस्तान, सिंगापुर, ताजकिस्तान, इराक लगायतका राष्ट्रको सहभागीता रहनेछन् ।
            

अन्तर्राष्ट्रिय खेल स्पर्धा क्लासिकल , र्‍यापिड र ब्लिट्ज गरि तिन विधामा सञ्चालन हुने प्रतियोगितामा टाइम कन्ट्रोल ९० मिनेट ३० सेकेण्ड इन्क्रिमेण्टको रहनेछ। जसमा सिन्दिराले रेटिङ्ग २ हजार मुनि प्रतिस्पर्धा गर्नेछन् भने पूजाले १७ सय रेटिङ्ग मुनि शीर्ष दोश्रो वरियता प्राप्त गर्दै प्रतिस्पर्धामा सहभागी हुने छन्। 
              

आयोजकले कूल पुरस्कार राशी युएस डलर २५ हजार प्रदान गरिने प्रतियोगिताको प्रत्येक विधाका विजेताले १५ युएस, द्वितीय हुनेले १२ सय युएस , तृतीयले १ हवार युएस, चौथोले ८ सय युएस र पाँचौ हुनेले ५ सय युएस डलर प्राप्त गर्नेछन्। नेपालका पूजा भण्डारीले आफ्नो १७ सय रेटिङ्ग मुनिको विधामा पुरस्कार प्राप्त गर्ने प्रवल आशा गरिएको छ। उनी यस विधामा दोश्रो वरियता लिएर खेल्ने छन्।
         

भिसाको कारण नेपालले ४५ औं  चेस ओलम्पियाडमा  सहभागी हुन नपाए पछि खेलाडीको मनोवल उच्च राख्न नेपाल बुद्धिचाल महासंघले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा पुरुषतर्फ राजन सुवेदी, फिडे मास्टर क्षितिज भण्डारी, शुश्रुत दाहाल र रुपेश जैसवाललाई सहभागी गराउने निर्णय गरेको थियो।
        

यसैगरी महिला खेलाडीहरु कृतिसारा अधिकारी , शान्ति धिमाल र रीया श्रेष्ठले पनि कुनै न कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ।
       

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालवाट सहभागी हुने शीर्ष खेलाडीहरुलाई आवास, हवाई खर्च लगायत लाग्ने खर्च वर्ल्ड चेस फेडेरेशनको सहयोगमा नेपाल बुद्धिचाल महासंघले ब्यहोरिने कार्य सम्पादन सदस्य राजु ताम्राकारले जानकारी गराएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?