३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

बाजुरामा ८ बर्षिया बालिकाको घाँटी काटी हत्या

बाजुरामा ८ बर्षिया बालिकाको घाँटी काटी हत्या
बाजुरा । बाजुरामा ८ बर्षकी वालिकाको हत्या भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो ।

मानसिक सन्तुलन ठीक नभएका सोही गाउँका अन्दाजी ४८ बर्षका नन्दे सनइले बालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रवार साँझ सनइले बालिकाको घाँटी काटी हत्या गरेर टाउको साथमा लिएर आफ्नै घरमा रहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै आरोपित व्यक्तिबाट एक थान हसिया, एक थान बन्चरो र एक कोदालो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बालिकाको शव हिजो राति नै ल्याएर जिल्ला अस्पतालमा राखिएको र घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?