शैलेन्द्र न्यौपानेले चुमे फिडे र्‍यापिड चेस उपाधि 

भक्तपुर । भक्तपुर जिल्लाका पूर्व सिनियर राष्ट्रिय खेलाडी स्व.केशव नारायण ताम्राकारको स्मृतिमा सम्पन्न तेश्रो राष्ट्रब्यापी फिडे र्‍यापिड चेस प्रतियोगिताको उपाधि काभ्रेका शैलेन्द्र न्यौपानेले जितेका छन् । जित सँगै शैलेन्द्रले नगद १५ हजार र दुई तोला बराबर चाँदीको सिक्का हात पारेका छन्।
                

भक्तपुर दरवार स्क्वायर, विश्व सम्पदा स्थलमा ९ चरणको चेस खेल वाट ८ अंक जोडेर शैलेन्द्रले उपाधि चुमेका छन्। उनले आज सम्पन्न अन्तिम चरणको भिडन्तमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई पराजित गरेको थियो।
            

प्रतियोगितामा काठमाडौंका धिरेन राईले ७.५ अंक बनाउदै द्वितीय स्थान हासिल गरेका छन्। धिरेनले नगद १० हजार र दुई तोलाको चाँदिको सिक्का प्राप्त गरेका छन्। 
                

शुक्रबार र शनिबार गरि आयोजना गरेको दुई दिने फिडे र्‍यापिड चेस स्पर्धामा निकेन कुसाथाले ७ अंकमा रहि तृतीय स्थान प्राप्त गरेका छन्। उनले नगद ७ हजार र दुई तोला चाँदिको सिक्का प्राप्त गरेका छन्। 
                  

जम्मा ९३ जना राष्ट्रिय खेलाडीको सहभागीता रहेको प्रतिस्पर्धामा सुनसरी धरानका मुहान नरसिंह श्रेष्ठले ७ अंक जोडेर चौथो स्थान, भक्तपुरका गणेशमान दुवाल पाँचौ स्थानमा प्रतियोगिता अन्त्य गरेका छन्। 
                  

 यसैगरी इलामका गणेश बहादुर थापा छैटौं, झापाका राजन सुवेदी सातौं, शंखरापुरका सन्देश श्रेष्ठ आठौं, भक्तपुरका बिक्रम चोकमी नवौं र काठमाडौंका सिएम भगवती प्रसाद शर्मा दशौं स्थानमा रहि नगद पुरस्कार प्राप्त गर्न सफल बनेका छन्। 
           

प्रतियोगिता अन्तर्गत भक्तपुर जिल्लाका उत्कृष्ट खेलाडी बिजय जति, वेष्ट लोकल बिक्रम जति, उत्कृष्ट सिनियर दामोदर गाँईंजू, उत्कृष्ट नव प्रवेशी नवलपरासीका सुरज कुमार गैरे, उत्कृष्ट १९०० रेटड  मुजफपुरका सोनु अभिषेक, उत्कृष्ट १७०० रेटेड अनिष प्रजापति, १६०० रेटेड उत्कृष्ट काठमाडौंका रचितराज लम्सालले क्याटेगौरी पुरस्कार दाबि गरेका छन्।
              

यसरी नै उत्कृष्ट महिलामा भक्तपुरका यशस्वी शर्मा, युवा १८ उत्कृष्ट स्वर्णिम दुवाल, युवा १६ प्रत्युस श्रेष्ठ र युवा १६ उत्कृष्ट सबिद प्रजापतिले आ आफ्नो विधाका पुरस्कार प्राप्त गरेका छन्।
             

श्रद्धेय पिता स्व. केशव नारायण ताम्राकारका सुपुत्र नीलकृष्ण ताम्राकारले परिवारको तर्फवाट नगद पुरस्कार र बुबाको चित्र अंकित चाँदिको सिक्का प्रायोजन गर्ने अवसर प्रदान भएकोमा कृतज्ञता ज्ञापन गरेका छन्। 
              

पुरस्कार वितरण एवं समापन समारोहका प्रमुख अतिथि हेराकाजी महर्जनले भक्तपुरमा बुद्धिचाल खेलको जग बसाउन ठूलो योगदान पुर्‍याउनु भएका स्व. केशव नायायण ताम्राकार पहिलो राष्ट्रिय भेट्रान प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको स्मरण गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

दलीयकरणविरुद्ध बोलेको रास्वपा आफैं विवादमा

spot_img

छुटाउनुभयो कि ?