विराटनगर- नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउबाले वर्तमान सरकारले गरेको कामप्रति सन्तुष्टि जाहेर गरेका छन् । उनले विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै राजनैतिक स्थायीत्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएकाले यसलाई २०८४ सम्म निरन्तरता दिइने बताउनु भएको छ ।
विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउबाले वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले नेपालले कुनै पनि मुलुकसंग ऋण लिन नहुने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेकोमा आफूले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको जानकारी दिनुभयो । सभापति देउबाले वडा वडामा पार्टी संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरुलाई केन्द्रिय समितिमा लगेर छलफल गराइने जानकारी दिनुभयो ।














