१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

गाजामा इजरायली हवाई आक्रमण

गाजा । उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा धेरै महिला र बालबालिका रहेको र दर्जनौँ अझै पनि भग्नावशेषमुनि पुरिएको हुन सक्ने यजेन्सिले बताएको हो ।

घटनामा सात जना घाइते भएका छन् । इजरायली सेनाले हमासलाई पुनः संगठित हुनबाट रोक्ने प्रयासमा बेइट लाहिया लगायत उत्तरी गाजामा आक्रमण गरेको बताएको छ।

मध्य गाजामा शरणार्थी शिविरहरूमा तीन अलग-अलग आक्रमणहरूमा १५ जनाको मृत्यु भएको छ । दक्षिणमा रफाहमा इजरायली ड्रोन आक्रमणमा पाँच जना मारिएको एजेन्सीले थपेको छ। प्रवक्ता महमुद बस्सलले लगातार गोलाबारी र बमबारीका कारण थप घाइतेको उद्धार गर्ने सम्भावना कम हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?