मानवीय सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश

जेरुसेलम । ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गरेको जनाइएको छ ।

मानवीय सहायता जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै स्थानान्तरण गरिएको थियो । इजरायल र उत्तरी गाजाबीचको बाटो मानवीय सहायता हस्तान्तरणको लागि मे महिनामा खोलिएको थियो ।

ह्वाइट हाउसले आगामी ३० दिनभित्र गाजामा मानवीय सहायताको प्रवेश नबढाएको खण्डमा इजरायललाई दिँदै आएको सैन्य सहायता रोक्ने चेतावनी दिएको एक दिनपछि इजरायलले यो कदम चालेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अनिकाल फैलिएको उत्तरी गाजामा इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरिरहेको भन्ने चिन्ताका बारेमा पत्र लेखिएको थियो । संयुक्त राष्ट्रसङ्घले गत अक्टोबरदेखि गाजामा खाद्यान्न,पानी,ग्यास, इन्धन र औषधिलगायतका सहायता वितरणमा विशेषगरी उत्तरमा कडा प्रतिबन्ध लगाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?