कृषि विकास बैंक द्धारा बाढी पीडितलाई भनी एक करोड ५० लाख राहत

काठमाडौँ । कृषि विकास बैंक द्धारा सोज १० देखि १२ गतेसम्म देशभर भएको अविरल बर्षाका कारण क्षतिमा परेका पीडितहरुको राहतका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कृषि विकास बैंक लिमिटेडले बाढीबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका थिए । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित उद्धार कोषमा रकम जम्मा गरेको थियो ।

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य एवं नेपाल सरकार अर्थ मन्त्रालयका सह-सचिव दीर्घराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख सरिता दाहाल र वरिष्ठ शाखा प्रमुख धुर्व पौडेल एवं प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?