श्रम काउन्सिलर र श्रम सहचारीका लागि आवेदन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन जना श्रम काउन्सिलर र चार श्रम सहचारी गरी सात पदमा आवेदन खुलाएको छ । रिक्त हुन लागेको काउन्सिलर र सहचारी पदमा कर्मचारी छनोट तथा नियुक्ति गर्नुपर्ने भएकाले आवेदन खुलाइएको श्रम मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास दक्षिण कोरिया, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, साउदी अरब, मलेसिया र ओमानमा श्रम सहचारी र काउन्सिलर माग गरेको हो ।

श्रम मन्त्रालयले सूचना सार्वजनिक गरेको मितिले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख गरिएको छ । यो सूचना यही साता मङ्गलबार सार्वजनिक गरेको हो । श्रम काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्तिसबन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिएबमोजिमको योग्यता पुगेका इच्छुक कर्मचारीले ३५ दिनभित्र व्यक्तिगत विवरण पेस गर्न सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?