शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न शक्तिराष्ट्रले नेपाललाई‘इपिसेन्टर’बनाउन खोजेको बताएका छन्। बुधबार पार्टी बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘विभिन्न शक्तिराष्ट्रले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल इपिसेन्टर बनाउन खोजेको देखिन्छ,’ प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चीन–अमेरिका, भारत–अमेरिका, रुस–अमेरिकाको सन्दर्भमा हामी अलिकति चुनौतीपूर्ण मोडमा छौँ।’

अन्तर्राष्ट्रिय परिस्थिति रुस, चीन र भारतले एउटा बाटो रोज्दा अमेरिका आक्रामक रुपमा लागेको जस्तो देखिएको उनले ब्रिफिङ गरेका छन्।

साथै, उनले आजकै बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्त्वको बारेमा पनि चर्चा गरेका थिए।

भारतले आरजुलाई दिएको महत्त्वका कारण नेपालमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा चस्का पसेको प्रचण्डले बैठकमा बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?